३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

लालझाडीमा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई विदेशबाट सहयोग

खबर सम्बाददाता १४ बैशाख २०७८, मंगलवार
लालझाडीमा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई विदेशबाट सहयोग


कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. १ रहेको नवोदय अधारभुत विद्यालयको आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग गरिएको छ ।

आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई खाद्यन्न र पानीको समस्या परेको खबर आएपछि UAE मा कार्यरत रहेका कञ्चनपुर लालझाडी ४ जाइँ का भोजराज रानाले पानी तताउने इलोक्ट्रोनिक केटली, मास्क, सेनिटाइजर, थर्मस, केरा, अंगुर, स्याउ लगायतका फलफुल वितरण गरेका छन । त्यसतै १० दिन सम्म प्रत्येक दिन २० लिटर पानी उपलब्ध गराउने भएका छन ।


यसैगरी जय शम्भु अटो सर्भिसका संचालक प्रेम रानाले २० लिटर पानी तथा दुई कार्टुन चाउचाउ वितरण गरेका छन ।


विदेशमा रहेका समाजसेवी तथा सहयोगि भोजराज रानाले बि. प्लस मिडिया मार्फत सबै सामग्रीहरु लालझाडी वडा नं. १ का अध्यक्ष क्षमानन्द रानाको उपस्थितिमा वितरण गरिएको हो ।

आइसोलेशनमा रहेका कोरोनाका बिरामी सहयाेग पाए सँगै खुशी ब्यक्त गरेका छन भने आफुलाई स्थानिय सरकारल कुनै पनि सेवा निदएकाे गुनासाे गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin