१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कैलालीका सुमन पौडेलले गरे ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ तयार

खबर सम्बाददाता १८ बैशाख २०७८, शनिबार
कैलालीका सुमन पौडेलले गरे ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ तयार

धनगढी-लामो समय पिपिई सेट लगाएर कोरोना सङ्क्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मीमा समस्या आइरहेको तपाई हामीले सुनेका देखेका छौ।

अब ती समस्याको समाधान गर्न कैलालीका एक युवाले स्वास्थ्यकर्मीले प्रयोग गर्न मिल्ने ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन्।

युवा प्रविधि अनुसन्धानकर्ता काइचो गु्रपका सदस्य घोडाघोडी नगरपालिका–१० पहलमानपुरका २६ वर्षीय सुमन पौडेलले सो उपकरण तयार गरेका हुन्।

उनले स्वास्थ्यकर्मीले पिपिई लगाएको समयमा स्वच्छ हावा लिई काम गर्न मिल्ने गरी सो उपकरण बनाएका हुन्।उनले भने “ मैले कारोनाका बिरामीको सहज उपचारमा सहयोग पुर्‍याउन नयाँ उपकरण तयार गरेको हुँ।”

उपकरणलाई ‘श्वास’ नाम दिइएको छ। उपकरण कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको श्वासप्रश्वासमा समस्या नआवोस् भनेर निर्माण गरिएको हुनाले श्वास नाम दिइएको उनको भनाइ छ। ।

पिपिई सेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई स्वच्छ हावा मुखसम्म पु¥याउन सो उपकरणले मद्दत गर्ने छ। उपकरणको प्रयोगले स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा जुट्न सहयोग गर्ने उनको भनाइ छ।

उपकरण प्रयोग गर्दा आफूलाई पिपिई लगाएर काम गर्न पहिले जस्तो अप्ठ्यारो नभएको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत नर्स सुस्मा विकले बताइन्। सामान्य अवस्थामा पिपिई लगाएर काम गर्दा भन्दा पोर्टेबल भेन्टिलेटर लगाएर काम गर्दा आफूलाई सहज अनुभव भएको उनको भनाई छ।

यस उपकरणमा हावा फिल्टर गर्न एन नाइन्टी फाइभ माक्सको प्रयोग गरिएको छ।ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ।

बढ्दो महामारीको अवस्थामा आफूहरूले सस्तो सुलभ किसिमले सबैले सेवा लिन सकुन भनेर उपकरण बनाएको र छिट्टै विभिन्न स्थानमा रहेको कोरोना अस्पतालदेखि लिएर सम्पूर्ण अस्पतालमा प्रदान गर्ने पौडेलको भनाइ छ। रासस

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin