४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने सीसीएमसीको निर्णय

खबर सम्बाददाता १८ बैशाख २०७८, शनिबार
गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने सीसीएमसीको निर्णय

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको छ । सिंह दरवारमा आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजको निर्माण सम्पन्न भएको मुख्य भवनलाई आईसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएको हो ।

कैलालीको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सीसीएमसीको आज बसेको बैठकले गेटा मेडिकल कलेजको मुख्य भवनलाई आईसोलेसन बनाउन निर्देशन दिएको पश्चिम टुडेलाई जानकारी दिए । सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र को मातहतमा रहने गरी सञ्चालन गरिने आईसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा दुई दिन अघि शिक्षा मन्त्रालयले गेटा मेडिकललाई आईसोलेसन सञ्चालनका लागि अनुमती दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयको उक्त निर्णयपछि आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्देशन दिएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin