बेलौरीमा ५० शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताए । बेलौरी नगरपालिकाले वडा नम्बर ९ कुण्डामा कोभिड संक्रमितहरुको उपचारका लागि कोभिड अस्थायी अस्पतालबाट सेवा दिइरहेको नगरप्रमुख चौधरीले जनाए ।
नयाँ भेरिएन्ट सहितको कोरोना भाईरसले नयाँ रुपलिई संक्रमण र मृत्युको दर बृद्धि हुन थालेपछि यहि बैशाख १४ गते देखि नगरपालिकाले ५० शैय्याको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालन गरी उपचार सेवा दिइएको छ । उनलेे भने -” उपचारमा कुनै किसीमको कमी हुन नदिन नगरपालिकाबाट सबै खाले प्रयास गरिरहेका छाै ।”
नगर प्रमुख चौधरीले संक्रमित व्यक्तिको उपचारमा कुनै कसर बाकी नराख्ने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा उक्त कुरा बताएका हुन् ।

उनले उपचारमा आवश्यक पर्ने सबै स्वास्थ्य सामग्री आपुर्तीका लागि समेत कार्य भईरहेको बताउदै स्वास्थ्यमा कुनै किसिमको समस्या भए नआत्तीएर उपचार गराउन सबै नगरवासीलाई अनुरोध समेत गरेका छन् । उक्त कोभिड अस्थायी अस्पतालमा हाल अक्सिजन र भिटिएम किटको अभाव देखिन थालेकाले सो आपुर्तीको लागि प्रक्रिया अगाडी बढाएको बताए ।
कोरोना संक्रमितहरुकाे सङ्ख्या बढ्न थालेपछि अस्पतालबाट अक्सिजन सहित २४सैं घण्टा स्वास्थ्यकर्मीहरुबाट उपचार सेवा भइरहेको बेलौरी नगरपालिकाका कोभिड १९ फोकल पर्सन मान बहादुर चन्दकाे भनाइ छ । आवश्यकता परे थप स्वास्थ्यकर्मी ईस्टेन्डवाई अवस्थामा राखिएको समेत उनलेे बताए ।
उनका अनुसार सम्पुर्ण प्रकारका स्वास्थ्य सेवा दिइ संक्रमितको उपचार भईरहेको र हालको अवस्थालाई मध्यनजर गर्दै अक्सिजनको समस्या पर्न सक्ने भएकाले यसको लागि पहल गरिएको जनाए ।

कोभिड अस्थाई अस्पताल कुण्डामा अहिले ४ जना पुरुष २ जना महिला गरी जम्मा ६ जना संक्रमितको उपचार भई रहेको र उपचार भईरहेका मध्ये एक जना महिलाको स्वास्थ्य अवस्था गम्भिर रहेको तथा अन्य बाकिको भने स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्सन चन्दले बताए ।
हाल उपचार सेवालाई अझ प्रभावकारी बनाउन भएजति स्वास्थ्यकर्मीहरु सबै परिचालन गरिएको चन्दले भनाइ छ । यद्यपि यहाँ उपचार सम्भव नभए धनगढी महेन्द्रनगर पठाउने समेत गरेको उनले जनाए ।
आखिर नगरपालिकाले अक्सिजन , स्वास्थ्य सामग्री अभाव जस्ता अत्यावश्यक सामग्री समयमै आपूर्ति गर्न सकेको छैन् । यस विषयमा नगरपालिकाकाे काेभिड१९ व्यवस्थापन पक्ष कम्जोर रहेको भन्दै चाैतर्फी चर्काे आलोचना भइरहेकाे छ ।