सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाब भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
फाउण्डेसनका सदस्यहरुको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले बताए ।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ । अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।