४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

एसईई र कक्षा १२ को परीक्षा अनिश्चित

खबर सम्बाददाता २२ बैशाख २०७८, बुधबार
एसईई र कक्षा १२ को परीक्षा अनिश्चित

माध्यमिक शिक्षा परीक्षा (एसईई)  कक्षा १२ को परिक्षा सञ्चालन हुन तीन साता बाकी रहदा पनि कोभिड–१९ को दोस्रो लहर अझ बढ्दो देखिएकाले दुवै परिक्षा पूर्वनिर्धारित समयमै संचालन हुनेमा अन्योलता थपिएको छ ।  परिक्षा नै अनिश्चित भएपछि शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा मन्त्रालयले पनि सोही गृहकार्य गरिरहेको बताइएको छ।

गतबर्ष जस्तो यसबर्ष पनि परिक्षा नहुने हो नि भन्ने विषयले विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । २०७७ सालको राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान उनिहरुको रहेको छ । गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो ।

गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोयाएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin