१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोक्यो

खबर सम्बाददाता २४ बैशाख २०७८, शुक्रबार
धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोक्यो


धनगढी, २४ बैशाख
सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि नयाँ धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोकेको छ ।
सेती प्रादेशीक अस्पतालले स्वावको नमुना धेरै संकलन भएकाले ३ दिनका लागि स्वाव संकलनको काम रोक्न धनगढी उप–महानगरपालिका संग आग्रह गरेको हो । धनगढी उप–महानगरपालिका कोभिड फोकल पर्सन स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाले स्वाव संकलन रोक्न भनेपछि शनिवार, आईतबार र सोमबारका लागि रोकेको बताए । त्यसपछि निरन्तरता दिईने पनि स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले बताए । हामीले लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गमा परेकाहरुको कोरोना परीक्षणका लागि निशुल्क स्वाव संकलन गरिरहेका छौ, स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले भने, ‘ त्यसको परीक्षण सेती प्रादेशीक अस्पतालले गर्छ ।’
संकलन गरिएको सबै नमुनाको परीक्षण गरिपछि धनगढी उप–महानगरपालिकाले पुनः निशुल्क स्वाव संकलन गर्छ, स्वास्थ्य निरीक्षणक उपाध्यायले भने, सेती प्रादेशीक अस्पतालमा भने संकलन जारी हुने बताईएको छ । स्वास्थ्य निरीक्षण उपाध्यायले नगरवासीको सजिलोका लागि यसरी सर्वसधारणलाई निशुल्क स्वाव संकलन तथा पिसिआर परीक्षण गर्ने सुविधा दिने धनगढीले मात्रै गरेको बताए । हामी एक बर्ष देखि निरन्तर स्वाव संकलन गरिरहेका छौं उपाध्यायले भने, स्वावको नतीजा सेती प्रादेशीक अस्पतालले उपलब्ध गराउने हो तर यहाँ नतीजा ढिलो आयो भनेर पनि उप–महानगरपालिका संग गुनासो आउने गरेको छ ।
धनगढी उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्द्रबाट स्वाव लिई गरिरहेको छ । कोरोना संक्रमणदर बढेसंगै स्वाव दिनेको संख्या अत्यधिक बढेको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालाको क्षमता कम भएकाले नतीजा आउन केहि ढिलाई भैरहेको हो । सेती प्रादेशीक अस्पतालमा रहेको प्रयोगशालाको स्वाव परीक्षण क्षमता दैनिक ४ देखि ५ सय हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin