१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

सुदूरपश्चिम सरकारद्धारा ६ वटा जिल्लालाई ८० लाखका दरले अक्सिजन प्लान्ट स्थापना गर्न बजेट विनियोजन

खबर सम्बाददाता २४ बैशाख २०७८, शुक्रबार
सुदूरपश्चिम सरकारद्धारा ६ वटा जिल्लालाई ८० लाखका दरले  अक्सिजन प्लान्ट स्थापना गर्न बजेट विनियोजन

अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ । ८० लाख रूपैयाँका दरले जिल्ला अस्पताललाई रकम उपलब्ध गराइसकिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाखका दरले रकम उपलब्ध गराइएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पताल पठाइएको जानकारी दिएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रियासमेत सुरू गरिसकेको बताए । सुदूरपश्चिममा अहिले दैनिक पाँच सय वटा अक्सिजन भरिएका सिलिन्डर आवश्यक परेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin