१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कोरोना कोषमा सिद्धार्थ बैंकद्धारा १० लाख सहयोग

खबर सम्बाददाता २९ बैशाख २०७८, बुधबार
कोरोना कोषमा सिद्धार्थ बैंकद्धारा १० लाख सहयोग

सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो ।

सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशवहादुर शाहलाई हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ ।

यसअघि अघिल्लो बर्षको कोरोना महामारीका बेला पनि बैंकले सात वटै प्रदेशलाई १० लाखको दरले कोरोना कोषमा सहयोग गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि अघिल्लो बर्ष १० लाख रकम कोराना कोषमा सहयोग गरेको सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले जानकारी दिए । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin