१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कैलारी गाउँपालिकाको ३६ प्रतिशत योजनाको काम पूरा

खबर सम्बाददाता २९ बैशाख २०७८, बुधबार
कैलारी गाउँपालिकाको ३६ प्रतिशत योजनाको काम पूरा

 कैलालीको कैलारी गाउँपालिकाले चालू आर्थिक वर्षमा संचालन गरेकामध्ये हालसम्म ३६.४७ प्रतिशत योजनाको काम सम्पन्न भएको छ ।

कोरोना महामारीका बाबजुद सो गाउँपालिकाले ६२ वटा योजनाको काम सम्पन्न गरेको हो । यो आर्थिक वर्षमा १७० वटा योजना कार्यन्वयनमा रहेको गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । “बाकी योजनाको काम पनि कार्यन्वयन भइरहेको छ”, उनले भने ।

चालू आर्थिक वर्ष सकिन दुई महिना बाकी रहेको बेला धेरै जसो योजनाको काम पूरा हुने क्रममा रहेको जनाइएको छ । कोरोना महामारीका बाबजुद उपभोक्ता समितिहरुले काम गरिरहेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । “कोरोना महामारीले काम रोकिएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर उपभोक्ता समितिले काम गरिरहेका छन”, उनले भने । “तर, काम गर्न बाधा भने अवश्य भएको छ ।”

चालू आर्थिक वर्षमा सम्झौता भएकामध्ये अझै १०८ योजना सम्पन्न हुन बाकी रहेको छ । शतप्रतिशत योजनाको काम पूरा नभए पनि आर्थिक मसान्त लाग्दासम्म धेरै योजना सम्पन्न हुने प्रवक्ता चौधरीले विश्वास व्यक्त गरे ।

सो गाउँपालिकामा हालसम्म सडक निर्माण, बाटो ग्राभेल, पुल, विद्यालय भवन निर्माण, बीओपी निर्माण, सडक स्तरोन्नति, कल्भर्ट, सामुदायिक भवन निर्माण जस्ता योजना सम्पन्न भएका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin