१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

हावाहुरीले रुख ढल्दा कैलालीमा एक जनाको मृत्यु, लाखाैकाे क्षति

खबर सम्बाददाता ३० बैशाख २०७८, बिहीबार
हावाहुरीले रुख ढल्दा कैलालीमा एक जनाको मृत्यु, लाखाैकाे क्षति

कैलालीमा बुधबार साँझ आएको हावाहुरी र बर्षाका कारण टिकापुरमा रुख ढल्दा एक जनाको मृत्यु भएको छ । कैलालीको टिकापुर १ एकतानगरमा हावाहुरीका कारण रुख ढलेर ४० बर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

बुधबार राती करीब साढे ८ बजे कच्ची घरमाथी ढलेको रुखले च्यापीएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए । यस्तै बुधबार आएको हावाहुरीका कारण कैलालीका बिभिन्न ठाउँहरुमा घरका छानाहरु उडाएका छन् भने धनगढीमा बिद्युत सेवा अबरुद्ध बनेको छ ।

यस्तै कैलालीको घोडाघोडी नगरपालीका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ । चट्याङ्गका कारण घरमा क्षती पुगेको छ । घरमा बिद्युतीय मिटर बक्स, बाइरिङग सहितका सामानहरु बिग्रीएका र नष्ट भएका छन् ।

यस्तै कैलारी गाउँपालीका ५ मा अंकित बोहराले टिनले छाएको घरको छाना उडाएको छ । घरको छाना उडउँदा मानबिय क्षती नभएपनी घरमा राखिएको अन्नपात तरकारी लगायतमा ७० हजारको क्षती पुगेको प्रहरीले जनाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin