४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कोरोना उपचारको लागि कैलालीमा रकम संकलन गर्न नपाइने

खबर सम्बाददाता ८ जेष्ठ २०७८, शनिबार
कोरोना उपचारको लागि कैलालीमा रकम संकलन गर्न नपाइने

कोरोना उपचार तथा रोकथामको लागि कैलालीमा रकम संकलन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले  शनिबार एक सूचना जारी गर्दै आर्थिक सहयोग संकलन गर्न नपाइने जनाएको हो ।

आफु खुशी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त हुन आएकोमा यसरी कोरोना उपचारको नाममा जथाभावी रकम जम्मा गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिएकोले यस्ता कार्य नगर्न अनुरोध गरिन्छ, सुचनामा भनिएको छ ।

यस्तै सहयोग गर्न चाहने इच्छुकले राष्ट्रिय वाणिज्य बैक सिंहदरवार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सकिनेछ। 

No description available.
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin