३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्न प्रस्ताब

खबर सम्बाददाता ९ जेष्ठ २०७८, आईतवार
प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्न प्रस्ताब

विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले सन् २०२४ पछि विश्व फुटबलको क्यालेन्डरमा व्यापक परिवर्तन गर्ने घोषणा गरेको छ। फिफाले प्रत्येक दुई वर्षमा विश्वकप आयोजनाका विषयमा खुला रुपमा छलफल गर्नुपर्नेमा जोड दिएको छ।

फिफाको ७१औ कंग्रेसमा प्रत्येक दुई वर्षमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने बारे सम्भाव्यता अध्ययन गर्ने विषयमा अधिकांश सदस्यले समर्थन जनाएका थिए। विश्वकप फिफाको आम्दानीको मुख्य स्रोत हो। फिफाले सन् १९३० बाट पुरुष र सन् १९९१ देखि महिला विश्वकप फुटबल प्रत्येक चार वर्षको अन्तरालमा आयोजना गर्दै आएको छ।

फिफाका फुटबल विकास समितिका निर्देशक आर्सेन वेंगरले गत मार्चमा विश्वकप र युरोकपलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए। तर, युरोपियन लिग खेल्ने ३७ क्लबहरूले भने वेंगरको सुझाव अव्यवहारिक भएको भन्दै त्यसको विरोध गरेका थिए। विरोधका बाबजुद पनि फिफाले यस बारे सम्भाव्यता अध्ययन गर्न लागेको हो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि मार्चमा सन् २०२४ को विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डरमा हेरफेर गर्न तयार रहेको र वेंगरको सुझावमाथि पनि छलफल चलाउने बताएका थिए। ब्रोडकास्टरहरूलाई आकिर्षित गर्न प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव राम्रो भए पनि सम्बन्धित राष्ट्रको फुटबल संघ, लिग र क्लबले खेलाडीले आराम नपाउने भन्दै विरोध हुन सक्नेमा भने फिफा सचेत देखिएको छ। 

प्रत्येक दुई वर्षमा विश्वप फुटबल आयोजना भएमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलले पूर्णविराम पाउनेछ भने फिफाको छनोट संरचनामा पनि व्यापक परिवर्तन गर्नुपर्ने देखिएको छ। फिफाले सन् २०२४ बाट च्याम्पियन्स लिगमा समेत नयाँ संरचनाको सुरुवात गर्दैछ। त्यसैले पनि क्लबहरू आफ्ना खेलाडी व्यस्त खेल तालिकाका कारण घाइते हुने भन्दै फिफाको प्रस्तावको विपक्षमा उभिँदै आएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin