४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

ह्युमानिटी फाउन्डेसनद्वारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर सम्बाददाता १० जेष्ठ २०७८, सोमबार
ह्युमानिटी फाउन्डेसनद्वारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

ह्युमानिटी फाउन्डेसनले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको महामारीमा अग्रपक्तिमा खटिएका पत्रकारका लागि दुई सय वटा सेनिटाइजर र दुई हजार थान मास्क हस्तान्तरण गरिएको हो । 

फाउन्डेसनका उपाध्यक्ष पुष्कर ओझा र कोषाध्यक्ष मानसिंह साउदले पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सचिव हरि जोशीलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका हुन् । 

महामारीमा जोखिम मोलेर समाचार संकलनमा खटिएका नौँ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने सचिव जोशीले जानकारी दिए ।   साथै सचिव जोशीले स्वास्थ्य सामाग्री उपलब्ध गराउने फाउन्डेसन प्रती आभार व्यक्त गरे ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin