२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

मन्त्री आलेले अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा व्यक्तिगत पोस्टर टाँसे पछि सामाजिक सञ्जालमा चर्को आलोचना

खबर सम्बाददाता ११ जेष्ठ २०७८, मंगलवार
मन्त्री आलेले अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा  व्यक्तिगत पोस्टर टाँसे पछि सामाजिक सञ्जालमा चर्को आलोचना

 वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरेका छन् । हेलिकोप्टरमार्फत डोटी पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामाग्री वितरण गरेका हुन् 

मन्त्री आलेले अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा पनि व्यक्तिगत लगानी भनेर पोस्टर टाँसेका छ्न् । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेका अनुसार जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरिएको छ ।

त्यस्तै जिल्लाका नौँ स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा  एचडियु बेड र पाँच पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको आलेले बताए । 

डोटीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मन्त्री आलेले भने, ‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गर्दैछु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ उनले कोभिड भाइरसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको दावी गरे । 

मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् । उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका छन् । जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री ।’  यता मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा पनि अक्सिजन फिलिङ मन्त्रीको व्यक्तिगत खर्चबाट गरिएकोले तस्बिर टाँसिएको बताए । उनका अनुसार कैलाली र डोटीका लागि मन्त्री आलेले स्वास्थ्य सामाग्रीका लागि ६० लाख बढि खर्च गरेका छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin