कञ्चनपुरको लालझाडी गाउँपालिका ४ स्थित स्याली नदिमा प्रेस लेखिएको रातो रङ्गको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ । स्टेट २ ०३.००८प ९३६७ नम्बर मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको हो । स्थानीयले खोलामा मोटरसाइकल भेटिएपछि चालकको खोजि गरेका थिए । नजिकै चालक फेला नपरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
