४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा जेठ २० गतेसम्म लम्बियो जारी निषेधाज्ञा

खबर सम्बाददाता १२ जेष्ठ २०७८, बुधबार
कैलालीमा जेठ २० गतेसम्म लम्बियो जारी निषेधाज्ञा


कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले थप १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यो र्निणय संगै अब जिल्लामाम जेठ २० गतेसम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर निरन्तर बढिरहेको भन्दै निषेधाज्ञा थप गरिएको हो ।
यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म, ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बुधबार बसेको डीसीएमसीको बैठकले कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin