जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गरी हत्या गर्ने ४ जना पक्राउ गरेकाे छ । धनगढी उपमहानगरपालीका वडा नम्बर ४ बसपार्क स्थित प्रतिक्षालयमा रगताम्य अवस्थामा पुरुष व्यक्ती रहेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी टोली सो स्थानमा खटिई हेर्दा टाउँको भागमा चोटपटक लागी मृत अवस्थामा फेलापारी घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी सो स्थानमा रहेका सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गर्दै जादाँ निज अपरिचित मृतक राती सुती रहेको समयमा निजको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगी कुटपिट गरी हत्या गरेको भनेर जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वसपार्क वडा एरियाबाट ४ जना पक्राउ गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्यादथप भई थप अनुसन्धान भई रहेको प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

पक्राउ पर्ने हरूमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.१ त्रिबेणी चोक बस्ने बर्ष १८ को दिपेन्द्र भन्ने दिपान्सु पौडेल , जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका अन्तर्गत घर भई हाल जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.०३ बस्ने बर्ष १९ को प्रबिण ऐर ,जिल्ला डोटी पुर्वी चौकी गाउँपालिका वडा नं.०४ बस्ने बर्ष २० को अनिल कुवँर र जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.१ बस्ने बर्ष १८ को युवराज शाही रहेका छन्।
टाउँको भागमा चोटपटक लागी मृत अवस्थामा फेलापारेका मृतककाे पहिचान भने खुलेकाे छैन । मृतक वर्ण गँहु गोरो, उचाई ५ फिट ६ ईन्च , बर्ष अन्दाजी २५/२६ को, बायाँ हातको पाखुरामा नागको ट्याटु, माथिल्लो शरिरमा टाटेपाटे कलरको भेष्ट र तल्लो शरिरमा निलो कालो कलरको जिन्स पाईन्ट लगाएको मृत अवस्थामा फेला परेका थिए