संघीय सरकारले कैलालीको बेहडाबाबा ताललाई पर्यटकीय गन्तव्य बनाउने बताएको छ। संघीय अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै धनगढी उप-महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा ताललाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए। तर बजेटको रकम कति रहने बिषयमा भने कुनै उल्लेख गरिएको छैन्।
