४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

सरकार र थरुहट बिच ६ बुँदे सहमति

खबर सम्बाददाता १८ जेष्ठ २०७८, मंगलवार
सरकार र थरुहट बिच ६ बुँदे सहमति

सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

थारु कल्याणकारिणी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समितिबीच टिकापुर घटनामा आरोपित ई. धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

यसैगरी थरुहट आन्दोलनमा सहिद भएका परिवारमध्ये राहत पाउन छुट भएकाहरुलाई राहत उपलब्ध गराउने, घाइतेको उपचार र क्षति भएको धनजनको मूल्यांकनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

संविधान र सर्वोच्च अदालतको फैसलाअनुसार थारुहरुको आरक्षणलगायतका विषयमा पनि सहमति भएको छ ।

सहमतिपत्रमा काूनन, न्याय तथा संसदीय मामिला मन्त्री प्रमुख रहेको सरकारी वार्ता टोली र संघर्ष समितिका तर्फबाट पूर्वसांसद रुकमिणी चौधरी नेतृत्वको वार्ता टोलीका सदस्यहरुले हस्ताक्षर गर्नुभएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin