कञ्चनपुुुरको बेलौरी नगरपालिका वडा नं. ८ क्षेत्रमा निर्माण भैरहेको सडक निर्माणमा सशस्त्र सीमा बल भारत बाट बारम्बार अबरोध भैरहेको छ । पटक पटकको अबरोधले सडक निर्माण सम्पन्नमा समस्या देखिएको छ ।

नेपाल सरकारको प्रथम प्राथमिकता परेको परियोजना हुलाकी राजमार्ग अन्तर्गत पर्ने अधिकांश निर्माण कार्य जारी छ । हाल सम्म ७५ प्रतिशत निर्माण योजना सम्पन्न भैरकेकाे छ । दादा हंस सिद्धि शाही जे.भि. कम्पनी काठमाडौं निर्माण गरिरहेको , बेलौरी नगर पालिका वडा ंनं. ८ स्थित कालो पुल देखि पचुई ईटा भट्टा पश्चिम मोड सम्म नेपाल भारत सीमाना क्षेत्रको सीमा स्तम्भ नं. ३८ नजिकैको विवाद रहित नेपाली भूमि करिब १२०० मिटर सडक निर्माण कार्य मा सशस्त्र सीमा बल भारत बाट बारम्बार अबरोध गरेको हो ।

निर्माण कार्य सम्पन्न गर्न मित्र राष्ट भारतको सम्बन्धीत निकायहरु सँग समन्वय तथा सहजिकरण गर्न बेलोरी नगरपालिका ले प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यलयलाई अनुरोध गरेको छ ।