३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कैलालीमा जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बियाे

खबर सम्बाददाता २० जेष्ठ २०७८, बिहीबार
कैलालीमा जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बियाे

कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले थप ११ दिन निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने मास्क/साबुन/स्यानिटाइजर लगायत ढुवानी गर्ने यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गरी न्यूनतम जनशक्ति प्रयोग गरी सञ्‍चालन गर्न पाउने बताइएकाे छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा प्रशासन कार्यालयले  निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin