४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

विवाद नसुल्झिए, नेपाल पक्षले पार्टी पुनर्गठन गर्ने

खबर सम्बाददाता २० जेष्ठ २०७८, बिहीबार
विवाद नसुल्झिए, नेपाल पक्षले पार्टी पुनर्गठन गर्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यको बैठकमा पार्टी विवादलाई अब निश्चित समय तोकेरै टुंग्याउनु पर्नेमा जोड दिइएको छ।

आज बसेको भर्चुअल बैठकमा पछिल्ला घटनाक्रमबारे समीक्षा गरिएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएका अनौपचारिक छलफलमा जेठ २ मा फर्कने भनिए पनि त्यसलाई औपचारिकता नदिएर अल्झाएको अधिकांश नेताहरुले बताएका थिए।

सो छलफलमा जेठ २ मा फर्कने हो भने त्यसको औपचारिक टुंगो छिटो लगाउन ठाकुर गैरे, निरज आचार्य, केदार न्यौपाने, सुरेन्द्र मानन्धरसहितका नेताले सुझाव दिएका थिए।उनीहरुले निश्चित समय तोकेर त्यसलाई टुंग्याउन सुझाव दिए। अलमल्याउने रणनीति हुनसक्ने तर्फ सचेत रहन पनि उनीहरुको आग्रह थियाे।

बैठकमा अधिकांश नेताले एकता बचाउनका लागि जेठ २ मा फर्किन ओली तयार छन् भने त्यसअनुसार अघि बढ्नुपर्ने बताएका थिए। तर अलमल्याउने हो भने पार्टी पुनर्गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए।

बैठकको सुरुमै ओली पक्षसँग भएका अनौपचारिक बैठकबारे घनश्याम भूसाल र सुरेन्द्र पाण्डेले जानकारी गराएका थिए।

सो भर्चुअल बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षसँग पनि निरन्तर संवादमा रहेका चार प्रभावशाली नेताहरु पनि सहभागी भएका छन्।

अनलाइन माध्यमबाट भएको छलफलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दाेस्रो तहका नेताहरुले पनि धारणा राखेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin