४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

जसपा सहित मन्त्रिपरिषद् पुनर्गठन हुँदै : राजेन्द्र महतो उपप्रधानमन्त्री, ६ बजे शपथ

खबर सम्बाददाता २१ जेष्ठ २०७८, शुक्रबार
जसपा सहित मन्त्रिपरिषद् पुनर्गठन हुँदै : राजेन्द्र महतो उपप्रधानमन्त्री, ६ बजे शपथ

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ शपथ गराउने गरी सजपा नेतालाई प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लागेका हुन् । 

जसपाले राजेन्द्र महतोको नेतृत्वमा नेताहरुलाई सरकारमा पठाउन लागेको हो । महतोलाई उपप्रधानमन्त्रीसहितको कुनै एक मन्त्रालय दिने तयारी ओलीले गरेका छन् । साँझ ६ बजे शपथ गर्नेगरी तयारी भइरहेको स्रोतको दाबी छ । 

जसपाको तर्फबाट शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकबाल मिया, रेणुका गुरुङ, चन्दा चौधरी मन्त्री बन्दैछन् । 

 जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी- ऊर्जा, अनिल झा- खानेपानी, बिमल श्रीवास्तव- श्रम, उमाशंकर अरगरिया- युवा, लक्ष्मणलाल कर्ण-  भुमिसुधार, चन्दा चौधरी – महिला, एकबाल मियाँ- वन, चन्द्रकान्त चौधरी – उर्जा  राज्य मन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ  लिँदैछन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin