४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा ब्राउन सुगर सहित २ महिला र १ जना पुरुष पक्राउ

खबर सम्बाददाता २४ जेष्ठ २०७८, सोमबार
धनगढीमा ब्राउन सुगर सहित २ महिला र १ जना पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले लागू औषध सहित २ महिला र १ पुरुष पक्राउ गरेकाे छ । प्रहरीले ६ ग्राम १७५ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित धनगढी उप–महानगरपालिका – २ बस्ने २५ बर्षीय संजिप सिंह, वडा नम्बर ७ बस्ने २० वर्षीय मैना साउँद र बैतडी घर भई धनगढी उप–महानगरपालीका – २ बस्ने ३५ वर्षीय लक्ष्मी भट्टलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरूलाई डेरामा बस्ने लक्ष्मी भट्टको कोठाबाट पक्राउ गरेको जनाएको छ ।

भट्टको कोठामा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा कोठाबाट खैरो हिरोइन टेबुल मुनी लुकाई राखेको अवस्थामा ६ ग्राम १७५ मिलिग्राम, ६ ट्याब्लेट नाइट्रोभेट र लागू औषध बेचबिखन गर्न नापतौल गर्ने डिजिटल तराजु १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin