४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

मन्त्री सोडारीले गरे एमाले प्रदेश सचिव रावलमाथि हातपात

खबर सम्बाददाता २५ जेष्ठ २०७८, मंगलवार
मन्त्री सोडारीले गरे एमाले प्रदेश सचिव रावलमाथि हातपात

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले एमाले सुदूरपश्चिम प्रदेश समिति सचिव राजेन्द्रसिंह रावलमाथि हातपातसहित दुर्व्यवहार गरेका छन्। पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्‍याउन गएका रावलमाथि सोमबार साँझ करिब साढे ७ बजे दुर्व्यवहार भएको हो।

रावल मंगलबार नेकपा माओवादीका नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले पार्टीको निर्णयअनुसार नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेशसभा सदस्यहरुलाई मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्ने आशयको पत्र बुझाउन गएका थिए।

रावलले भने, ‘उहाँको अनुमति पाएपछि मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरेको मात्रै के थिएँ, उहाँले मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो।’ चिठी हातबाट खोस्ने प्रयास गरिएको रावलले बताए। उनले भने, ‘तर मैले मन्त्रालय र मन्त्री पदको कदर गर्दै प्रतिवाद गर्न उचित ठानिनँ। मंगलबार मन्त्री सोडारीका विरुद्ध उजुरी दिनेछु।’

मन्त्री दीर्घ सोडारीले आफूले रावलमाथि कुनै दुर्व्यवहार नगरेको बताए। उनले भने, ‘उहाँले मन्त्रालयमा तोडफोड गर्न खोज्नुभयो। जबरजस्ती ह्विप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गर्दै हुनुहुन्थ्यो। मैले त्यस्तो नगर्न भन्दा उहाँले अभद्र व्यवहार देखाएपछि प्रहरीलाई खबर गरें।’

भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहाेराले विज्ञप्ति जारी गर्दै रावलले मन्त्री सोडारीलाई दुर्व्यवहार गरेको दाबी गरेका छन्। बोहराले जारी गरेको जिज्ञप्तिमा उल्लेख छ, ‘सोमबार साँझ ७ बजेर २५ मिनेटमा रावल मन्त्रीको कार्यकक्षमा प्रवेश गरेर प्रदेशसभाका विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति सचिवालयको ध्यानाकर्षण भएको छ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin