रानाथारू भाषाको व्याकरण तथा मानकिकरण सम्बन्धि भर्चुअल कार्यक्रम सम्पन्न भएको छ । रानाथारु भाषा लेखनमा एकरुपता ल्याउन कार्यक्रम गरिएको हो । जेठ २३ गते देखि २६ गते सम्म संचालन भएको सो कार्यक्रममा राना भाषा लेखन सम्बन्धी बृहत छलफल भएको छ । कार्यक्रमा सहभागि भएका मध्य अधिकांश सहभागी तथा प्रस्तुतकर्ताले रानाथारु भाषामा इकार र उकार ह्रस्व दीर्घ हुने गरेको तर रानाथारु भाषा लेखन प्रारम्भिक निर्देशिका २०७२ मा उक्त त्रुटी रहेको टिप्पणी गरेका छन ।
नेपाल सरकार शिक्षा मन्त्रालय पाठयक्रम विकास केन्द्रले २०७२ सालमा रानाथारु भाषा लेखन प्रारम्भिक निर्देशिका तयार पारिएको थियो । सोहि निर्देशिका अनुसार कक्षा १,२ र ३ को पाठयपुस्तक तयार भइ कैलाली र कञ्चनपुरका २७ विद्यालयमा पठनपाठन हुदैआइरहेको छ ।
हाल रानाथारु भाषाको व्याकरण लेख्न कार्य र शव्दकोष निर्माण कार्यको भैरहेको छ । व्याकरण लेख्न कार्य पनि अन्तिम चरणमा पुगिसकेको कार्यक्रम मार्फत जानकारी गराइएको छ ।
२०७२ सालमा तयार पारिएको रानाथारु भाषा लेखन प्रारम्भिक निर्देशिकामा कमजोरी रहेको बताइएको छ । निर्देशिका अनुसार तयार भएका पाठयपुस्तकमा प्रयोग भएका शब्दहरुको बारेमा हाम्रो स्विकार्य छैन भन्ने एक प्रकारको जनमत रहेको छ । उनीहरूले रानाथारु भाषा लेखन प्रारम्भिक निर्देशिका र व्याकरणमा इकार र उकार ह्रस्व दीर्घ दुबै हुनु पर्ने , निर्देशिका अनुसारका बिग्रिएका पाठयपुस्तक सुधार गर्नु पर्ने, रानाथारुको ठेट भाषा अनुसार व्याकरण हुनु पर्ने जस्ता अवाज उठाएका छन ।
विवाद पूर्ण देखिएका समस्याहरु माथि छलफल गराउन र रानाथारु भाषाको लेखनमा एकरुपता आओस । रानाथारु भाषाको चुनौतिका बारेमा छलफल गरी अध्ययन अुसन्धान गर्न “रानाथारु व्याकरण तथा मानकिकरण निर्माण” सम्बन्धि भर्चुअल कार्यक्रम गरिएको व्याकरण निर्माण समितिका संयोजक कमल सिं रानाले बताए ।
नेपाल रानाथारु समाज केन्द्रिय कार्यसमितिका अध्यक्ष कृपा राम रानाले प्रारम्भिक निर्देशिकामा देखिएका कमि कमजोरी र रानाथारु व्याकरण निर्माणमा विविध कमजोरी हरुलाई नेपाल रानाथारु समाज अगुवाईमा गर्न सकिने र त्यसका लागि सबैले लचकता अपनाउनु पर्ने बताए ।
कार्यक्रममा राना समुदायका बुद्घिजिवी, समाजसेवी, विद्यार्थी, समाजका अगुवा , भलमन्सा लगायत उपस्थिति रहेको थियो ।कार्यक्रममा प्राबिधिक सहयोग रानाथारु डटकमकाे रहेकाे थियाे ।