आज भएकाे मन्त्रीमण्डल गठन पछि नेपाल सरकारको मन्त्री मण्डल पुर्णता पाएको छ । आज बिस्तारित मन्त्री मण्डलमा सुदुर पश्चिम् प्रदेशबाट मन्त्रीको रुपमा माननीय नारदमुनी रानाले बन तथा वातावरण मन्त्रालय सम्हाल्नु भएको छ ।
यस अघि सो मन्त्रालय सुदुर्पस्चिमकै माननीय प्रेम आले मगर ले सम्हाल्नु भएको थियो । चुनाव पछि मन्त्रीमण्डल गठनका बेला पटक पटक मन्त्री बन्ने चर्चा मात्रै चल्ने रानाको यसपालि पक्का पक्की र सपथ ग्रहण पछि शुभकामना र बधाईको ओइरो लागेको छ ।
रानाथारु समुदायबाट पहिलो पटक मन्त्री बनेपछि रानाथारु सिंगो समुदायमा खुसियाली छाएको छ । अधिकांस का फेसबुक वाल भरी रानालाइ बधाई र शुभकामना देख्न सकिन्छ त्यस्तै राना कला संस्कृति संरक्षण तथा बिकास मन्च ( RACC-DF ) का अध्यक्ष नारायण रानाले संस्थागत बधाइ तथा कार्यकाल सफलताको कामना गर्नुभएको छ ।
