४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा:असारमा पनि मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा लम्बाइने तयारी

खबर सम्बाददाता ३० जेष्ठ २०७८, आईतवार
कैलालीमा:असारमा पनि मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा लम्बाइने तयारी

कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेपछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार असार पहिलो सातासम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो । निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउने तयारीमा स्थानीय प्रशासन छ ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नका लागि छलफल भइरहेको सूचना अधिकारी जोशीले बताए । विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin