४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा असार १ गतेदेखि सबै पसल खुल्ने तर निषेधाज्ञा एक साता थप लम्बिने

खबर सम्बाददाता ३० जेष्ठ २०७८, आईतवार
कैलालीमा असार १ गतेदेखि सबै पसल खुल्ने तर निषेधाज्ञा एक साता थप लम्बिने

कैलालीमा असार १ गतेदेखि  सात दिनसम्म सबै पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बिहान ११ बजेसम्म सम्पुर्ण पसल खोल्न सकिने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल ले बताए ।

कोरोना नियन्त्रण गर्न जारी गरिएको  निषेधाज्ञालाई पनि एक साता लम्बाउने प्रशासन स्रोतले जनाएको छ । यस्तै सम्पुर्ण सरकारी कार्यालयहरु बन्द हुने छन् ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले खरिदविक्रीका लागि जाने क्रममा सवारी साधन प्रयोग गर्न नपाईने ।

यस्तै विवाहको लागि यसअघि सम्म सात जना सहभागी हुन पाईने थियो भने अब १० जना र दुई वटा सवारी साधन प्रयोग गर्न मिल्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । कोरोना नियन्त्रण गर्न जारी गरिएको  निषेधाज्ञालाई पनि एक साता लम्बाउने तयारी प्रशासनको छ । 
  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin