४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्य तामाङको माग

खबर सम्बाददाता ३० जेष्ठ २०७८, आईतवार
भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्य तामाङको माग

नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् ।

आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।

‘बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर धम्क्याउने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन्’ तामाङले भने, ‘सबै ठाउँमा नसकेपनि सीमामा तारबार गर्नैपर्छ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ । नीति तथा कार्यक्रममा समेटिएको देखेन । सरकारको ध्यान जाओस् ।’

उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने माग उनको छ ।

तामाङले सरकारको नीति तथा कार्यक्रम पारित गर्न आफ्नो पार्टीले ह्वीप जारी गरेकाले सबै कुरा राम्रो रहेको भन्दै समर्थन जनाए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin