४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

खुकुलो बनाएर कञ्चनपुरमा पनि लम्बियो निषेधाज्ञा

खबर सम्बाददाता ३१ जेष्ठ २०७८, सोमबार
खुकुलो बनाएर कञ्चनपुरमा पनि लम्बियो निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरु आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा चार दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ। 

त्यस्तै तरकारी तथा फलफूलका पसलहरु सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न सकिने जनाइएको छ। यसैगरी स्वास्थ्य सेवा, दुध डेरी, पेट्रोलियम पदार्थल, खाद्यवस्तु, कृषि बीउबिजन तथा सामग्री, वर्कशप, निर्माण सामग्री पसल अथवा व्यवसाय सोही बार बिहान ६ बजेदेखि ११ बजेसम्म नै सञ्चालन गर्न सकिने छ। 

निर्माण सामग्री तथा मालसामान ढुवानी, एम्बुलेन्स, दमकल, शववाहन, सरसफाइ तथा अनुमती प्राप्त साधनबाहेक अन्य सबै सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin