कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ३ अन्तर्गत पर्ने डुगा गाउँको एक घरमा आगलागी भएको छ । आज दिउासो करिब ४ बजे तिर सन्तोष चौधरीको घरमा आगो लागेको हो ।

आगलागीले घरमा रहेको किराना पसलका सबै सामान तथा सँगै रहेको टेलरका ८ मेसिन पनि जलेर नष्ट भएका छन् । आगजनी बाट ५ लाख बराबरको क्षति भएको स्थानियले बताएका छन् ।
