कैलालीकाे धनगढीमा चोरी मुद्दामा फरार भएका एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फरार भएकाे महेश रानालाई पक्राउ गरेकाे हाे ।
२०७४ सालमा धनगढी उप-महानगरपालिका १ बशन्तटोल वस्ने वर्ष ३५ की शान्ति चौधरीको कच्चि घरको भित्ता काटी ऐ ८ धनगढी गाउ वस्ने महेश रानाले घर भित्रवाट ल्यापटप, मोबाईल र नगद रुपैया गरी जम्मा रु १,४०,६००।- बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।