४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

७ न. वडा कार्यालयद्वारा बाल क्लबलाई शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण

खबर सम्बाददाता १४ असार २०७८, सोमबार
७ न. वडा कार्यालयद्वारा बाल क्लबलाई शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण

कंचनपुरको पुनर्वास नगरपालिका-७ नम्बर वडा कार्यालयले आफ्नै वडाको एक सामुदायिक विद्यालयको बाल क्लबलाई शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार पुनर्वास नगरपालिका-७ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा गठन भएको बाल क्लबलाई नगरपालिकाको अार्थिक बर्ष ०७७/७८ एबं सातौ नगरसभाबाट पारित दुई लाख बजेटबाट वडा कार्यालयले शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा विद्यालयको बाल क्लबलाई ह्वाइट बोर्ड, डस्टर, मार्कर, ज्यामिट्रि बक्स, ड्रम सेट, मादल, नेपालको नक्सा, टेबुल घडि, टूल बक्स लगायत २५ प्रकारका शैक्षिक सामग्री तथा फुटबल सुज, मोजा, नेट, निकेप, भलिबल, फुटबल, जर्सि गरी ८ प्रकारका खेलकूद सामग्री हस्तान्तरण गरेको थियो ।
वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम दुलारे रानाको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नगर प्रमुख जिवनराज थापाको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।
त्यस्तै वडाका गतिविधिमा सकृय रहन अर्को कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट बिनियोजित रकममार्फत ४ जना वडा सदस्यहरुलाई साईकल समेत वितरण गरिएको सोही वडाका वडाध्यक्ष राम दुलारे रानाले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin