जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा थप खुकुलो पार्ने जनाएको छ । बुधबारबाट सबै सार्वजनिक सवारीसाधन चलाउन दिने प्रशासनको तयारी छ ।
यस अघि सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाउने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
‘२३ गतेपछि निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारीमा छौँ,’ सिडिओ रिजालले भने, ‘सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाउनेबारे छलफल भइरहेको छ, होटल रेष्टुरेन्टको हकमा पनि खोल्न दिने विषयमा छलफल भइरहेकोले आजको बैठकले बाँकी निर्णय गर्नेछ ।’
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा असार २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ। त्यो समयअवधि आज राती १२ बजे सकिदैँछ ।