४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

बेलौरीमा जंगली हात्तिको झुण्ड प्रवेश, सर्तक रहन आग्रह

खबर सम्बाददाता २३ असार २०७८, बुधबार
बेलौरीमा जंगली हात्तिको झुण्ड प्रवेश, सर्तक रहन आग्रह

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा जंगली हात्तिको झुण्ड प्रवेश गरेको छ । मंलबार साझँ १५ देखि २० वटा जंगली हात्ति बेलौरी नगरपालिका वडा ९ को गोरखनाथ सामुदायिक बन क्षेत्रको छेउछाउमा प्रवेश गरेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।

उनका अनुसार  मंगलबार साझ ६ बजेको समयमा १२ जना मानिसहरु मजदुरी गरेर आफ्नो घर फर्किरहेका बेलामा जंगली हात्तिले आक्रमण गर्न खोजेको बुझिएको छ । हात्तिको आक्रमणबाट मदजुरहरुको साईकलमा क्षति पुगेपनि उनिहरु भने भाग्न सफल भएको जनाएको छ ।

May be an image of 2 people, bicycle and outdoors

जिल्लाको दक्षिणी  क्षेत्रमा बर्षेनी जंगली हात्तीले आतंक मच्चाउदै आएको छ । हात्ती भारतीय दुधुवा नेसनल पार्कबाट नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।   जंगली हात्तीबाट जोगिन कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख यादवले सर्तक रहन सबैमा अनुरोध गरेका छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin