आइतबार बिहानै चट्याङ लागेर कञ्चनपुरमा एक पुरुषको मृत्यु भएको छ । भने एक युवक घाईते भएका छन । चट्याङ लागेर भीमदत्त नगरपालिका ९ मटैनाका लागि ५३ बर्षिया पुरुष बिर महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले घरमै बसेका बेला चट्याङ उनको मृत्यु भएको जानकारी दिए । यस्तै यस्तै चट्याङमा परी घाईते भएका १८ बर्षिया लाल सिहँ महराको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।