कैलालीकाे टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा आगजनी भएको छ ।सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन सो निर्माण भइरहेको काम अन्तिम चरणमा पुगेको बेला बिहीबार अचानक उक्त भवनमा आगजनी भएको हाे ।
आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको छ। आगलागीको कारण भने खुलेको छैन।