३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कैलालीको अत्तरिया क्षेत्रमा दर्जनौ घर डुबे

खबर सम्बाददाता ३१ असार २०७८, बिहीबार
कैलालीको अत्तरिया क्षेत्रमा दर्जनौ घर डुबे

कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासको क्षेत्र जलमग्न भएको छ। नगरपालिकाको वडा नं १ र ४ मा रातिदेखि भइरहेको वर्षाका कारण दर्जनौ घर डुबानमा परेका छन्। भालू खोलाको बाढीले उत्तर बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएकोछ। 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार मनहरा खोलाको बाढी पनि बस्तीमा पसेको छ। उनले गेटा मेडिकल कलेज आसपासको क्षेत्रमा रहेका घरमा पानी पसेको बताए। यता गोदावरी–२ को तेघरीमा पनि घरमा पानी पसेको छ भने अत्तरिया बजार जलमग्न बनेको छ। 

photo by hem raj bhatta

यस्तै कैलालीको मोहना नदीमा बाढी आएको छ। नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।

photo : hem raj bhatta
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin