मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई काे छ । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेकाे हाे ।
मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।
राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।