४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

पठाओ चालकमाथि बस व्यवसायीको हातपात !

खबर सम्बाददाता ७ श्रावण २०७८, बिहीबार
पठाओ चालकमाथि बस व्यवसायीको हातपात !

काठमाडौं। यातायात व्यवसायीहरुले आज सात बुँदे मागसहित हड्ताल गर्दा राजधानीको यातायात मात्र बिथोलिएन चलिरहेका सार्वजनिक सवारी साधानलाई समेत प्रर्दशनकारीले रोकेर अवरोध पुर्‍याउने मात्र होइन, पठाओका चालकमाथि पनि मुक्काबाजीमा उत्रिए आन्दोलनकारी।

शान्ति पूर्ण भनिएको हड्ताल अराजक बन्न पुग्यो। सडकमा सवारी तेर्स्याएर निजि सवारी साधानलाई समेत ठाउँ ठाउँमा अवरोध पुर्‍याए यातायात व्यवसायीको संगठनका समूहहरुले। पठाओ चालक उनीहरुको निशानामा परिरहे।

पठाओका चालकलाई रोकेर कुटपिट समेत गरेका थिए आन्दोलनमा उत्रिनेहरुले। ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको हो। दिउँसो करिब १ बजेतिर यात्रु बोकेर आइरहेको पठाओका चालकलाई रोकेर कुटपिट गरेका थिए।

‘एकजना लेडिजलाई बोकेर बाइक आइरहेको थियो। पठाओको भन्ने थाहा पाएपछि लेडिजलाई उतारेर युवक माथि कुटपिट गरे,’ पहिलोपोस्टकर्मी समर्थ रञ्जितले भने।

उनलाई प्रर्दशनकारीले कुटपिट गरिरहँदा प्रहरीको उपस्थिति भने थिएन।

ती युवामात्र होइन अन्य पठाओ चालक पनि प्रर्दशनकारीको निशानामा परेका छन। फोटो पहिलोपोस्टबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin