४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढी डुबानको समस्या समाधान गर्न संघीय सरकार गुहार्दै:नगर प्रमुख वड

खबर सम्बाददाता ७ श्रावण २०७८, बिहीबार
धनगढी डुबानको समस्या समाधान गर्न संघीय सरकार गुहार्दै:नगर प्रमुख वड

धनगढीका विभिन्न वडाहरुको डुवान समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड काठमाडौं पुगेका छन्।

बर्षाद् सुरु भएसँगै डुवानमा रहेका बस्तीहरुबाट मोहनामा पानी निकासका लागि संघीय सरकारसँग सहयोग माग गर्न मेयर वड काठमाडौं पुगेका हुन्। त्रिनगर भन्सारदेखि अत्तरियाको ६ लेन सडक निर्माण भएपछि धनगढीका वडा नम्बर २ र ३ का वडाहरु झन् डुवानमा पर्न थालेपछि केही दिन अघि मेयरले डोजर लगाएर बन्द गरिएको ठाउँ भत्काउने चेतावनी समेत दिएका थिए।

वडा नम्बर २ र ३ मा भईरहेको डुवानको समस्या समाधानका लागि संघीय सरकारसँग सहयोग जुटाउन आफु काठमाडौं गएको उनले बताएका छन्। ‘अहिले म काठमाडौंमा छु। भौतिक मन्त्रालयको टोली लिएर ढल निकासको समस्या समाधान गर्न ठोस योजना बनाइने छ,’ उनले भने, ‘नगरवासीले सहयोग गरे उपमहानगरपालिकामा डुबानको समस्या समाधान गर्न तयार छौँ।’

मेयरले नगरबासीको साथ पाएपछि डुवान समस्या समाधानका लागि दिर्घकालीन योजनाका लागि दौडिरहेको बताए।तर तत्काल भने बस्ती तथा टोलको पानी निकासका लागि आवश्यक काम गर्न वडावासीसँग समन्वय गर्न वडा अध्यक्षहरुलाई आग्रह गरिएको नगर प्रमुख वडले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin