४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

निवर्तमान मन्त्री रानाद्वारा योजनाको निरीक्षण, बजेट प्रभावकारी भएको भन्दै स्थानीय खुसी

खबर सम्बाददाता ८ श्रावण २०७८, शुक्रबार
निवर्तमान  मन्त्री रानाद्वारा योजनाको निरीक्षण, बजेट प्रभावकारी भएको भन्दै स्थानीय खुसी

निवर्तमान वन तथा वातावरण मन्त्री नारदमुनि रानाले संघीय सरकारबाट आफूले ल्याएको योजनाहरूको आज निरीक्षण गरेका छन् ।धनगढी उपमहानगरपालिका भित्रका करिब आधा दर्जन बढि योजनाको आज उनले निरीक्षण गरेका हुन् । उनले धनगढी उपमहानगरपालि १३ मा निर्माण भइरहेको राना सांस्कृतिक संग्रहालय , भगवती सामुदायीक भवन मटियारी सामुदायिक भवन, वासुदेवी माध्यमिक विद्यालयको भवन सुकुटी खोलामा निर्माण भएको तटबन्धको निरीक्षण गरेका थिए ।

‘मेरो पहलमा बिनियोजन भएको रकमबाट केहि योजना सम्पन्न भइसकेका छन् केहि निर्माणाधिन छन् ’ उनले भने, ‘कामले  गति पाएको छ नागरिकलाई सहज भएको छ ।’उनले  राना सांस्कृतिक संग्रहालय निर्माण पछि कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना समुदायको पहिचान अझै स्थापित हुने बताए । रानाकै पहलमा सरकारले राना समुदायलाई सूचीकृत गरेको थियो ।निरीक्षणमा सहभागी स्थानीयवासीले संघीय सरकारबाट विनियोजित बजेटबाट प्रभावकारी काम भएको बताएका थिए । सुकुटी खोलामा तटबन्ध नहुँदा यहाँ बर्सेनि खेती योग्य जमिन कटान भइरहेको थियो । तटबन्ध पछि स्थानीयले खेती योग्य जमिन जोगिएको बताए ।

No description available.

निवर्तमान  मन्त्री रानाको पहलमा धनगढीमा करिब १ सय योजना रहेका छन् । ती मध्ये केहि ठुला योजना छन् जसले धनगढीको मुहार फेर्न ठूलो भूमिका निर्वाह गर्ने छ ।रानाको पहलमा खुटिया पुल, उर्मा, भादा हुँदै गदरिया फूलबारी रिङ भदौमा टेन्डर हुने बताए । २५ करोड विनियोजन भएको छ । हुलाकी सडकको स्तरोन्नतिको लागि जिरो किलोमिटर क्याम्पस रोड देखि मनेहरा जङ्गल सम्म चारलेन र मनेहरा जङ्गल देखि भजनी सम्म दुई लेन सडक निर्माण हुने भएको छ ।धनगढी खुटिया दिपायल फास्ट ट्याकको पनि टेन्डर भइसकेको उनले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin