४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

घटनाको केही घण्टा नबित्दैँ नारदमुनिले चाले यस्तो कदम !

खबर सम्बाददाता १० श्रावण २०७८, आईतवार
घटनाको केही घण्टा नबित्दैँ नारदमुनिले चाले यस्तो कदम !

संसदीय समितिको बैठकमा आज भएको घटनालाई लिएर एमाले सांसद नारदमुनि रानाले कडा प्रतिवाद गर्ने संकेत द्एिका छन् ।

रानाले आफूमाथि अभद्र व्यवहार भएको भन्दैँ संसद सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् ।

रानालाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा थर्काउँदै राजीनामा दिएर निस्किन आदेश दिएका थिए ।

अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा निम्त्याइएका कैलाली ५ का सांसद रानासँग वरिष्ठ नेता नेपालको राजनीतिक विवाद भएको थियो ।

संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

सांसद रानाले माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेको बताए । संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारवाही होस् भनि आफूले अडियो मगाएको उनको भनाइ छ ।

रानाले भने, ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौं ।’

राजनीतिक विवाद माधव नेपालले नै सुरु गरेको उल्लेख गर्दै रानाले थपे, ‘परमादेशबाट नियुक्त भएका प्रधानमन्त्रीलाई मैले जनादेशबाट भनिरहनुपर्ने हो ?’

यसैबीच, पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद नारद मुनि रानाले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति माधव नेपालको खल्तीको समिति हो भन्दै प्रश्न गरेका छन्।

आइतबार संसदीय समितिमा सांसद राना र एमालेकै वरिष्ठ नेता माधव नेपालबीच भनाभन भएपछि एक मिडियासँग उनले मलाई ुसमिति बाट बाहिर जा भन्ने के अन्तर्राष्ट्रिय समिति माधव नेपालको खल्तीको समिति हो ? भन्दै प्रश्न गरेका हुन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin