४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

काग्रेंस नेतृ डा. आरजुको पहलमा धनगढी–स्याउले सडकखण्ड बन्दै फराकिलो

खबर सम्बाददाता २२ श्रावण २०७८, शुक्रबार
काग्रेंस नेतृ डा. आरजुको पहलमा धनगढी–स्याउले सडकखण्ड बन्दै फराकिलो

काग्रेंस नेतृ डाक्टर आरज राणा देउवाको पहलमा धनगढी–स्याउले सडकखण्ड फराकिलो बनाउने तयारी थालिएको छ । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणका लागि सडककको चौडाई काग्रेंस नेतृ डाक्टर आरजुको पहलमा फराकिलो बनाउने तयारी गरिएको हो ।
खड्का कृष्ण नारायणम जेभीले भ्याट बाहेक १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपल चौतारादेखि स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्रे गर्नका लागि काम सुरु भएकोमा डाक्टर आरजुको पहलमा सडकको चौडाई फराकिलो बनाईएको हो । ५.५ मिटर चौडाई रहेको सडक काग्रेंस नेतृ डाक्टर आरजुको पहलमा ७ मिटर चौडाई बनाईएको हो ।

ठेक्का सम्झौता अनुसार पिपल चौताराको सामुदायिक प्रहरी कार्यालयदेखि स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्रे गरिने भनिएको थियो । नेपाली काग्रेंसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई काग्रेंस नेतृ डाक्टर आरजु राणा देउवाले पहल गरेपछि फराकिलो बनाउन निर्देशन दिईएको छ ।
२०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार यस आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने सम्झौता भएको छ । आयोजनाका अनुसार स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नाली समेत निर्माण हुनेछ । अब सो नाली सडकको चौडाई बढेसँगै सडकको नाली पनि पछाडी बनाउनुपर्ने स्थानीय वासिन्दाहरुको माग रहेको छ ।
ट्रयाक खोल्न बाँकी
धनगढी–दिपायल द्रुतमार्गको साढे ४१ किलोमिटर खण्डमा अझै ट्रयाक क्लियर भइसकेको छैन । आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक काट्ने काम सकिएको भए पनि त्यसलाई फिनिसिङ गर्न बाँकी छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ ।

कैलालीमा हाटखोलीदेखि ओझेनासम्मको २० किलोमिटरर डोटीमा तिखाभन्दा अगाडिदेखि विपिनगरसम्म ट्रयाक काट्नका लागि ठेक्का लिने ठेकेदारले ठेक्का पूरा गरेका छैनन् । ती ठेकेदार कम्पनीहरूले सम्झौता अनुसार काम सकेर ठेक्का पूरा गरेपछि मात्रै सो खण्डमा थप काम अगाडि बढाउन सकिने आयोजना कार्यालयले जनाएको छ ।
सडकमा पर्ने रुख कटानी आदेश पाउन ढिलो भएको, ठेकेदार कम्पनीले ट्रयाक खोल्न ढिलो गरेको र सडकको स्वामित्व प्रदेश र संघ सरकारमध्ये कसले लिने भन्ने विवाद लगायतका कारणले धनगढी–दिपायल द्रुतमार्ग निर्माणमा ढिलाइ भएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin