४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

गीत संगीत, भाषा संस्कृति संरक्षण तथा कलाकारिता बिकास र अधिकारका निम्ति रानाथारु कलाकारहरु एकताबद्ध ।

खबर सम्बाददाता २३ श्रावण २०७८, शनिबार
गीत संगीत, भाषा संस्कृति संरक्षण तथा कलाकारिता बिकास र अधिकारका निम्ति रानाथारु कलाकारहरु एकताबद्ध ।

गत चैत्र महिनामा गठन भएको रानाथारु कलाकार मञ्चको तेश्रो बैठक आज विभिन्न निर्णय सहित सम्पन्न भएको छ । कलाकार तथा मञ्चका अध्यक्ष श्याम कुमार रानाको अध्यक्षतामा आज बसेको बैठकबाट रानाथारु कलाकारहरुको हकहित, आत्मबिकास, संगठनिक बिकासका निम्ति विभिन्न महत्त्वपूर्ण निर्णयहरु भएको जानकारी मञ्चका सचिव राम प्रसाद रानाले जानकारी गराउनु भएको छ ।
सचिव रानाका अनुसार सम्पुर्ण रानाथारु कलाकार तथा गीत, संगीतकर्मी र सो क्षेत्रका प्राबिधिकहरुलाइ हातेमालोको लागि सदस्यता प्रदान गरिने, आजैका मिति देखि लागू हुनेगरी रानाथारु भासी म्युजिक भिडियो, फिल्म तथा टेलिफिल्म प्रसारण गर्नु पुर्ब रानाथारु कलाकार मञ्चमा जानकारी गराउनु पर्ने र सो बाफत संस्थाको हीतको लागि प्रती अडियो/ भिडियो रु.५०० सहयोग गर्नुपर्ने र अधिकारिकता लिनुपर्ने । कुनै संघसंस्था अथवा स्थानीय सरकारको सहयोगमा हुने मन्चिय कार्यक्रममा कलाकारको सम्मानका निम्ति न्युनतम पारिश्रमिक लीने र सो को जानकारी समेत संस्थालाइ गराउनुपर्ने र ब्यक्तिगत रुपमा बोलाइएका कार्यक्रममा कुनै पनि रानाथारु कलाकारहरु सहभागी नहुने निर्णय भएको छ । हाम्रो जस्तो निकै सिमित क्षेत्र, भाषा संस्कृति भएको समुदायको लागि गीत संगीतबाट कुनै किसिमको आम्दानीको श्रोत नहुने तर आफ्नै भासा संस्कृतिका लागि भएपनी कलाकारहरुको नितान्त निजि लगानी बाट लाखौं खर्च हुँदा मार्कामा पर्ने, स्थानीय कलाकार भनेर आयोजक हरुले समेत नटेर्ने, आयोजकहरु पनि आफ्नै क्षेत्रका, चीनजानका मान्छे हुने भएकाले पैसाको लागि कुरा गर्नु निकै गाह्रो हुने भएकाले संस्थागत प्रयास गर्नु परेको जानकारी गायक शन्तकुमार रानाले गराउनु भयो ।
भाषा, संस्कृतिलाई बिश्वब्यापी प्रसारणमा गीत संगीतका भिडियो, कलाकारिता नै सर्बश्रेस्ठ माध्यम भएकाले सिमित क्षेत्रका आदिबासीहरुको भासा, साहित्य, गीत संगित, कलाकारिता बिकासमा स्थानीय सरकार तथा जातिय संगठनहरुले ध्यान दिनुपर्ने दायित्व हुँदा समेत हाल सम्मै कुनै सरकार तथा संस्थाले सहयोग गर्नु त टाढा भयो निजि लगानिमा भासा, संस्कृति सबैलाइ पस्किने कलाकार र श्रस्ठाको सम्मान समेत गर्न सकेको छैन यस्तो हुँदा भासा, साहित्य, गीत संगीत को सृजना अति न्यून हुने र भएपनि ब्रतमान समयमा युट्युबमा भ्यु कै लागी मात्रै बन्ने हुँदा लोक गीत नबन्ने, मौलिकता हराउनुका साथै पाश्चात्य पाराका गीत संगीत सृजनाको सृजना हुनेगरेको र त्यो हाम्रो बर्तमान बाध्यता भएकोले सबैले यसमा ध्यान दिनुपर्ने र त्यसैका लागि पनि कलाकारहरु स्वयम् चनाखो हुनुपर्ने भएकाले आजको निर्णय अत्यन्तै महत्वपूर्ण भएको जानकारी संरक्षक संस्था RACC-DFका अध्यक्ष नारायण रानाले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin