४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

घुराहामा पुल निर्माण, स्थानिय खुशी

खबर सम्बाददाता २५ श्रावण २०७८, सोमबार
घुराहामा पुल निर्माण, स्थानिय खुशी

धनगढी । पुल नहुँदा कष्टकर तथा जोखिमयुक्त जीवनयापन गरेका स्थानीयले पुल निर्माण भएपछि सहज भएको छ । राजीपुर, गदरिया, फुलबारी जोड्ने कैलारी गाउँपालिका वडा नम्बर ६ घुराहा नदिमा पुल निर्माण भएपछि यहाँका स्थानीयलाई आवातजावातमा सहजता भएको हो ।
कैलारी गाउँपालिका वडा नम्बर ६, बनकट्टाका भरत चौधरीले नदिमा पुल निर्माण भएपछि आउजाउ गर्न सहज भएको बताए । पुल नभएको बेला बर्षातमा यस क्षेत्रका स्थानीयहरुले जोखिम मोलेर नदि तर्नु पर्ने बाध्यता रहेको थियो । नदिमा ठुलो बाढी आएको बेला भने उनीहरु धनगढी आउजाउ गर्नका लागि हसुलिया, फुलवारी र महेन्द्र राजमार्ग, अत्तरिया हुँदै लामो बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको थियो । पुल निर्माण पश्चात त्यो बाध्यता हटेको भरतले बताए ।
‘नदिमा बाढी आएको बेला ज्यान जोखिममा राखेर डुंगा तर्नु पर्ने बाध्यता रहेको थियो’, भरतले भने–‘पुल निर्माणले त्यो समस्या टरेको छ ।’


पुल निर्माणले यस क्षेत्रका स्थानीयलाई आफ्नो उत्पादनलाई बजारीकरण गर्न पनि सजिलो भएको अर्का स्थानीय करम चौधरीले बताए । उनले यहाँ उत्पादित बस्तुभाउलाई बजारसम्म लैजान पनि सजिलो भएको बताए ।
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आइतबार पुलको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्माण सम्झौता भएको १७ महिनामै पुल निर्माण सम्पन्न गरी पुर्वाधार विकास निर्माणको कामलाई तीब्रता दिएको प्रमाण दिएको बताए ।
उनले प्रदेश सरकार खोज्नेलाई जवाफ दिन घराहा पुललाई तिब्रगतिमा निर्माण गरेको दावी गरे । ‘संघीयता मन नपराउनेहरूले खै प्रदेश सरकार भनेर कराइरहेका छन्,’ मन्त्री सोडारीले भने, ‘हामीले घुराहा पुल बनाएर हेर्नुस् प्रदेश सरकार जनताका काम गर्दै छ भनेका छौं ।’


पुल निर्माणका लागि भौतिक पुर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा २ बर्ष काम सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो । एक सय ८ मिटर लम्बाई रहेको सो पुल १३ करोड ५२ लाखमा रसुवा जयविष्णु जेभीले निर्माण गरेको पुर्वाधार विकासका कार्यलय कैलालीका प्रमुख सिनियर डिविजनल ईञ्जिनियर श्याम खड्काले जनाए ।
पुल उद्घाटन प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिका सभापति नेपालु चौधरी, प्रदेश सभा सदस्य सुशिला बुढाथोकी, कैलारी गाउपालिका अध्यक्ष लाजुराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin