बेलौरी ना.पा.५ उदयपुर मा २०७८/०४/२६ गतेका दिन भब्य रुपमा तिज मिलन कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका आयोजक रानाथारु तिज मिलन कार्यसमिति र प्रायोजकमा बेलौरी ना.पा. ५ न. वडा कार्यलय थियो । कार्यक्रमको उद्घाटन नगर प्रमुख पोतिलाल चौधरी द्वारा मैन बत्ती बालेर भएको थियो यस कार्यक्रमकि सभापति कार्यसमितिकि अध्यक्ष बिस्ना राना प्रमुख अतिथि बेलौरी ना. पा. का नगर प्रमुख पोतिलाल चौधरी विशिष्ट अतिथि बेलौरी ना. पा. का नगर उपप्रमुख चित्र कुमारी चौधरी , वडा न. ८ का वडा अध्यक्ष नन्द कुमार राना बेलौरी ना.पा. का प्रबक्ता बिनोद नेपाली यसैगरी सबै अतिथी कलाकार पत्रकार र दर्शकको उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यसमितिकि सदस्य जानमती राना ले गरेकी थिइन ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा रानाथारुका राष्ट्रिय कलाकार राम देब राना ले दर्शक हरुलाई धेरै मनोरञ्जन गराएका थिए । राम देव रानाको भिडियो देख्नको लागि (b plus media ) को युटुब च्यानलमा देख्नुहोला ।

कार्यक्रममा बेलौरी ना. पा. ०५ भकुण्डा को झिझी नाच प्रस्तुत गरेका थिए । झिझिमा सीता रानाले गित गाएकि थिइन ।

कार्यक्रममा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहेको थियो ।
रानाथारु भएको जति पनि गाउँ बेलौरी ना. पा. मा छन सबै वडामा तीज मिलन कार्यक्रम गर्दै छौ । यस वर्ष तीज होरी जस्तै हरेक वर्ष बेलौरी ना. पा. ले कार्यक्रम गर्न बजेट छुट्याउने छौ । समाजिक एकता कायम गर्न र संस्कृतिक कार्यक्रम गर्नेछौ । आउने वर्षमा पनि तीज मिलन कार्यक्रम हुन्छ । बेलौरी ना.पा. मा अहिले भएको जस्तै बिकास भयो भने १५ वर्षमा बेलौरीका किशान सबैभन्दा धनी हुनेछन भनेर नगर प्रमुख पोतिलाल रानाले बताउनु भयो ।

रानाथारु कलाकार पत्रकार र सहयोगी सबैलाई आयोजकले स- सम्मान गरेका थिए ।