४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

किन छ फरक अन्य समुदाय भन्दा रानाथारु समुदायले मनाउने तीज पर्व

खबर सम्बाददाता २७ श्रावण २०७८, बुधबार
किन छ फरक अन्य समुदाय भन्दा रानाथारु समुदायले मनाउने तीज पर्व

कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले मनाउने तीज पर्व अन्य समुदाय भन्दा फरक छ । तीज पर्व राना समुदायका महिलाहरूको सबै भन्दा ठूलो पर्व हो । अन्य समुदाय भन्दा एक महिना पहिले रानाथारु समुदायले साउन महिनाको औसी पछिको तेस्रो दिन (तृतिय) मा तीज मनाउँछन ।रानाथारू समुदायमा दिदी बिहीनीहरूले दाजु भाइको दीर्घायूको लागि व्रत बसेर हर्षोल्लासपूर्वक तीज पर्व मनाउने गर्छन । जबकी तीजमा अन्य समुदायका दिदी बहिनीहरुले आफ्नो श्रीमानको लामो आयुका लागि व्रत बस्ने गर्छन ।


तीज सँगै अर्को परम्मपरा सावनको डोला (पिङ) पनि जोडिएर आउँछ । रानाथारु समुदायले साउन महिना पुर्णिमा भोली पल्ट प्रतिपदाको दिन देखि डोला डोल्ने(खेल्ने) चलन छ । डोलामा दिदी बहिनीहरुले विभिन्न गीत गाउँछन । सामनको डोला मार्फत दुख तथा बेदनाका गीत गाउने गरिन्छ । तीजको दिन सावनको डोलाको अन्तिम दिन अथवा डोलाको बिदाई पनि हो । तीजको व्रत खोल्न जाँदा अन्तिम चोटी डोला (पिङ ) खेल्ने गरिन्छ । त्यसपटि डोला खेल्ने रस्सीको गाँठो पनि काटेर बगाउने चलन छ ।

राना थारु समुदायको अगुवाहरूका अनुसार तीजमा महिलाहरू दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्दछन् । विवाहित महिलाहरू समेत यतिबेला माइत आउने गर्दछन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । गाँठो पर्दा अविवाहित महिलाले ५ र विवाहित महिलाले ७ गाँठो पार्ने परम्परा छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।

तीजको पूजाको सामग्री र कुस सेलाइ सकेपछि रमाइलो गर्दै मिठा–मिठा परिकार खाई व्रत खोल्ने चलन छ । तीजको दिनमा घर–घरमा सिमही, खुजुरिया, गुलगुला, पुरी बनाइएको हुन्छ ।

व्रतालुहरू नदीमा पूजाको सामग्री सेलाएर फर्किने क्रममा उनीहरूलाई दाजुभाइले बाटोमा छेक्ने चलन रही आएको छ । यसरी दाजु भाईले बाटोमा छेक्दा महिला दिदी बहिनीहरूले मिठो, मिष्ठान खान दिएपछि बाटो छोड्ने गरिन्छ । यसै गरी, घर फर्केपछि व्रतालुहरूले इष्टमित्र, आफन्तलाई खानाका परिकार बाँड्ने चलन रहेको छ । यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने गर्छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin